Headlineनिर्वाचन फागुन २१ खबर

प्रतिनिधिसभा सदस्य निर्वाचनकाे प्रत्यक्षतर्फ सबै मतगणना सम्पन्न

समानुपातिकतर्फ १ करोड २ लाख ५ हजार ६२५ मतगणना सम्पन्न रास्वपाकाे अग्रता कायमै

काठमाडाैं फागुन २७ – जेन जेड आन्दोलन पछि बनेकी प्रधानमन्त्री सुशीला कार्कीकाे सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचन सर्व सुलभ तरिकाले सम्पन्न गरी प्रत्यक्षतर्फका सबै १ सय ६५ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ।

१६५ प्रत्यक्षतर्फकाे अन्तिम परिणाममा संखुवासभामा नेकपा एमालेका अर्जुनकुमार कार्की राष्ट्रिय स्वतन्त्र पार्टीका मिङमा शेर्पालाई ६३६ मतान्तरले पराजित गर्दै विजयी भएका छन् ।

प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै १२५ सिट जितेको छ। नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेकपाले ८, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेका छन्। म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित भएका छन्।

समानुपातिकतर्फ हालसम्म १ करोड २ लाख ५ हजार ६२५ मतगणना सम्पन्न हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ४९ लाख ५ हजार ६१४, नेपाली कांग्रेसले १६ लाख ५८ हजार ५८०, नेकपा (एमाले): १३ लाख ७९ हजार ७५८ अनि नेपाली कम्युनिष्ट पार्टी: ७ लाख ४५ हजार ८१९ मत प्राप्त गरेका छन् ।

त्यस्तै नयाँ दल श्रम संस्कृति पार्टील ३ लाख ४५ हजार ६७४, राष्ट्रिय प्रजातन्त्र पार्टील ३ लाख २१ हजार २७७ र अन्य दलहरूले पनि मत प्राप्त गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button