Headlineनिर्वाचन फागुन २१ खबर

नेकपा (नेपाली कम्युनिष्ट पार्टी)का मातृका प्रसाद यादव धनुषाबाट विजयी

काठमाडाैं – धनुषा क्षेत्र नम्बर १ मा नेकपाका मातृका प्रसाद यादव विजयी भएर सिट संख्या वृद्धि गरी पार्टीकाे प्रतिष्ठा बढाएका छन् ।

यादवले १०,४३० मत पाएर विजय हुँदा नेपाली काँग्रेसका राम पलटन साहले ९,५०२ मत पाएर दाेस्राेमा परेका छन। यसैमा नेकपा एमालेका रामचन्द्र मण्डलले ९,३१५ मत पाएर तेस्राे भए ।

रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी निर्वाचन आयोगले मौन अवधि सुरु भएको दिन खारेज गरेको थियो।कमलले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्, जसमा उम्मेदवारी खारेजको कारणबारे लिखित जवाफ मागिएको छ।

धनुषा-१ मा प्रतिस्पर्धा निकै कडा भए पनि अन्ततः मातृका यादव विजयी बनेका छन्, भने रास्वपाको उम्मेदवारी विवाद अझै सर्वोच्चमा विचाराधीन छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button