Headlineबिशेषराजनिति

इजरायल र अमेरिका युद्धमा मारिएका अली खामेनीकाे ३७ वर्षे शासनकाल

इरानका सर्वाेच्च नेता आयातुल्लाह अली खामेनी ३७ वर्षसम्म इरानलाई नेतृत्व गर्दा राष्ट्रको स्वाभिमान र सुरक्षालाई आफ्नो राजनीति र शासनको केन्द्रमा राखेर देशको नाभिकीय ऊर्जा कार्यक्रमलाई केवल प्रविधि मात्र नभई राष्ट्रिय अस्मिताको प्रतीक बनाए, र विदेशी दबाबका सामु कहिल्यै नझुक्ने अडान कायम राख्न सक्ने क्षमतावान नेताकाे रूपमा चिनिन्छ। उनले आर्थिक नाकाबन्दीका बीच ‘प्रतिरोधको अर्थव्यवस्था’ लागू गर्दै स्वदेशी उत्पादनलाई मजबुत बनाए र चीन तथा रुससँग साझेदारी बढाएर इरानलाई टाट पल्टिनबाट जोगाएका थिए ।

उनको नेतृत्वमा इरानले मिसाइल र ड्रोन प्रविधिमा ठूलो प्रगति हुनुका साथै देशलाई सम्भावित बाह्य आक्रमणबाट सुरक्षित राख्ने ग्यारेन्टी दिएका थिए । शिक्षा र विज्ञानमा जोड दिँदै उनले इरानलाई न्यानो टेक्नोलोजी, स्टेम सेल अनुसन्धान र अन्तरिक्ष विज्ञानमा मध्यपूर्वको अग्रणी राष्ट्र बनाएका थिए। पश्चिमी सांस्कृतिक हस्तक्षेप रोक्न उनले इस्लामिक र इरानी पहिचानलाई संरक्षण गरे र युवामा राष्ट्रियताको भावना जगाए।

खामेनीले अमेरिकालाई ‘ठूलो सैतान’ भन्दै इरानी राजनीति र संस्कृतिमा पश्चिमी प्रभुत्वलाई अस्वीकार गरे। इजरायलको विस्तारवादको विरोध गर्दै प्यालेस्टिनी मुद्दालाई विश्वव्यापी मञ्चमा जीवित राखे र ‘प्रतिरोधको मोर्चा’को नेतृत्व गरे। उनले इरानको प्राकृतिक स्रोतमा जनताको पूर्ण अधिकार हुनुपर्छ भन्ने अडान राखे र विदेशी बहुराष्ट्रिय कम्पनीहरूको एकाधिकार तोडे।

उनको शासनकालमा इरानले ग्रामीण क्षेत्रमा सडक, बिजुली र स्वास्थ्य सेवा पुर्‍याएर जनजीवन सुधार गर्‍यो। क्षेत्रीय सुरक्षामा उनले अमेरिकी सैन्य उपस्थितिलाई खतरा मान्दै ‘क्षेत्रीय समस्याको समाधान क्षेत्रीय देशले नै गर्नुपर्छ’ भन्ने सिद्धान्त स्थापित गरे। ISIS विरुद्धको लडाइँमा इरानले प्रभावकारी भूमिका खेल्यो र भौगोलिक अखण्डताको रक्षा गर्‍यो।

अन्ततः, खामेनीले इरानलाई केवल एउटा देशका रूपमा मात्र नभई मुस्लिम जगतको शक्ति केन्द्रका रूपमा प्रस्तुत गरे। उनका कदमहरूले इरानलाई अन्तर्राष्ट्रिय राजनीति र शक्तिसन्तुलनमा एक प्रमुख खेलाडी बनायो।

यसरी संक्षेपमा भन्नुपर्दा खामेनीको शासनकालका उपलब्धि, नीतिगत अडान, र अमेरिका–इजरायलसँगको शत्रुतापूर्ण सम्बन्धका कारणहरू स्पष्ट देखिन्छ। तर उनकाे अडान र बुद्धिमताबाट विचलित भएका ठूला राष्ट्रका राष्ट्राध्याक्ष मानिएका अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले इजरायलकाे काँधमा बन्दूक राखेर खामेनीकाे अस्तित्व मेटाइदिए । जब कि इजरायल र अमेरिकाले गरेकाे ताजा कार्वाहीकाे प्रकृयाप्रति पछिल्ला विकसित राष्ट्रहरूले कडा निन्दा गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button