Headlineराजनितिसमाचार

केपी शर्मा ओलीले दिए मतदातालाई भाेटकाे कित्ताकाट गर्ने जिम्मा

काठमाडाैं फागुन १७ – निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको मुखैमा मतदातालाई मतदानकाे कित्ताकाट गरी स्पष्ट मत कता दिने भन्ने प्रष्ट पार्ने बेला आएको बताएका छन् ।

अध्यक्ष ओलीले आइतबार भिडियो सन्देशमार्फत् वक्तव्य जारी गर्दै अब राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा वा राष्ट्रको भविष्य जे भए पनि होस् भन्ने पक्षमा उभिने हो मतदाता स्वयमले कित्ताकाट गर्ने समय आएको बताएका हुन् ।

अध्यक्ष ओलीकाे धारणा अनुसार आफ्नाे तर्फबाट केही कमी कमजोरी भएकाे स्वीकार गर्दै, तर राष्ट्रियता, अखण्डता र स्वाभिमानमा कहिल्यै सम्झौता नगरेको दाबी प्रस्तुत गर्दा कहाँनेर केमा कमजाेरी भएकाे भन्ने तथ्य भने खुलाएकाे छैन ।

विगतका प्रतिपक्ष र फागुन २१ काे निर्वाचनमा उम्मेदवार बनेकाहरूतिर निशाना लगाउँदै राजनीतिक आरोपकाे टिप्पणीमा निर्वाचित सरकारलाई अपदस्थ गराउन प्रतिनिधिसभा विघटन गराइएको उल्लेख उनले गरेका छन् ।

संविधान, नियम, भूमि, जनता, सार्वजनिक सम्पत्ति सबैलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याउँदै “देश पहिले” भन्ने भावना जगाउन आग्रह गर्दै स्वाभिमान नझुक्ने ग्यारेन्टी र देश कहिल्यै नजल्ने ग्यारेन्टी चाहिएको भनाइ राखेका छन् ।

यसरी हेर्दा ओलीको सन्देशले मतदातालाई भावनात्मक रूपमा राष्ट्रप्रेम र जिम्मेवारीमा जोड्ने प्रयास त गरेको देखिन्छ तर साे सन्देशमा अधिकांश जनतामा छाएकाे पार्टीतिरकाे असन्तुष्टी र अवहेलनाकाे कारणबारे केही खुलाएकाे देखिइन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button