दोलखा एमालेकाे उम्मेदवार पार्वत गुरुङमाथि प्रश्न प्रतिप्रश्न

दाेलखा -दुई पटक सांसद बनिसकेका नेकपा एमाले नेता पार्वत गुरुङ तेस्रो पटक दोलखाबाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन्।
गुरुङकाे राजनीतिक यात्राकाे क्रममा दाेलखाबाट दुई पटक सांसद बनेका उनी महिला तथा बालबालिका तथा सञ्चार, सूचना तथा प्रविधि मन्त्री भइसकेका छन्। साथै केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सरकारको प्रवक्ता समेत बनेका थिए।
यसपटककाे उम्मेदवारीमा भने आलोचना र चुनौतीकाे सामना गर्नुपरेकाे छ । रास्वपा लगायतका दलले उनीमाथि “पटक–पटक एउटै व्यक्तिलाई किन रोज्ने?” भन्ने प्रश्न उठाउनुकाे साथै उनी मन्त्री हुँदा आफ्नै गाउँमा टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन नसकेको भन्दै आलोचना समेत गरिएकाे छ ।
उनकाे आफ्नै पार्टीभित्र असन्तुष्टिका साथै आर्थिक चलखेलमा अग्र रहेकाे व्यक्ति भन्दै संशय पैदा गर्नेहरूकाे पनि कमी देखिन्न ।यी विविध चर्चा सहित उम्मेदवार छनोटमा विवाद हुँदा पार्टिभित्रका जिल्ला उपसचिवसहितका नेताहरुले सामूहिक राजीनामा दिइएकाे बताइएकाे छ ।
तर गुरुङले भने सबै असन्तुष्ट पक्षलाई सम्हाल्दै चुनावसम्मका लागि समेट्ने प्रयास गरेकाे देखिन्छ । गुरुङमा चिरपरिचित व्यक्ति बाहेकका अन्य नागरिक या स्थानीय सर्वसाधारणप्रति खासै लगाव देखिन्न । नजिकका कार्यकर्ता र सधैं पछि लागेकाहरूमा मात्र केन्द्रीत हुने प्रवृत्तिले शुभचिन्तकहरू दुखित भएकाे स्पष्ट रहेकाे चर्चा छ ।
उनकाे याे प्रवृत्तिले संगठनमा समेत असर दोलखामा देखिन थालेकाे उदाहरण एमाले बलियो संगठन हाे भन्ने तथ्यकाे उपहास गर्दै कतिपय नेता अन्य दलमा प्रवेश गर्नु हाे । यसले निर्वाचनमा प्रत्यक्ष असर पार्ने देखिन्छ।
गुरुङले पछिल्लाे समय पुराना व्यक्ति जीतवीर लामा, लालकुमार केसी, शिव भण्डारीजस्ता नेताको सल्लाह, सुझाव र आर्शिवाद खोज्दै हिँडेकाे जिल्लाका स्थानीय स्राेतकाे भनाइ रहेकाे छ ।
अन्ततः, फागुन २१ को निर्वाचनमा गुरुङको तेस्रो प्रयास कस्तो परिणाम ल्याउँछ भन्ने कुरा दोलखाली जनताले नै तय गर्नेछन्।