Uncategorized

जेनजेड फ्रन्टले फागुन २२ गतेसम्ममा कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न अल्टिमेटम

फागुन १४ काठमाडौं – कार्की आयोगको प्रतिवेदन फागुन २२ गतेभित्र सार्वजनिक नगरे पुन: सडकमा उत्रिने भन्दै जेनजेड फ्रन्टले चेतावनी दिएका छन् ।

नेपाल जेनजेड फ्रन्टले जेनजेड आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै प्रतिवेदन फागुन २२ गतेभित्र सार्वजनिक नगरे पुनस् सडकमा उत्रिने बताएका छन् ।

फ्रन्टले विज्ञप्ति जारी गर्दै गौरी बहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन तोकिएको मिति फागुन २२ गतेपछि कार्यान्वयनमा ल्याउन माग गरेको हो । फ्रन्टले यसले न्याय सुनिश्चितता हुने र जेनजेड जनआन्दोलनलाई न्याय हुने जनाएको छ ।

फ्रन्टले ‘देश अराजकताको डिलमा पुगेको सङ्क्रमणकालीन अवस्थालाई न्यायोचित ढंगले सम्हाल्न, शान्ति, सुव्यवस्था तथा सुरक्षा कायम गर्न, जेनजेडले उठाएका माग सम्बोधन गर्न र भदौ २३ र २४ का घटनामा न्याय सुनिश्चित गर्न हामीले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वको मन्त्रिपरिषद्‍लाई राज्यको बागडोर सुम्पिने सामुहिक निर्णय गरेका थियौँ ।’ भनेका छन् ।

सोही सन्दर्भमा फ्रन्टले आज प्रधानमन्त्री सुशीला कार्कीलाई ध्यानाकर्षण बुझाउने भन्दै भदौ २३ र २४ गते भएको विध्वंशको छानबिन गर्न बनेको आयोगको म्याद नथप्न र प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । फ्रन्टले आज प्रधानमन्त्री सुशीला कार्कीलाई ध्यानाकर्षण बुझाउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button