Headlineराजनितिसमाचार

“कुन्ती पाेखरेल काठमाडाैं क्षेत्र नं. २ का लागि आवश्यक नेतृ हुन्”- राप्रपा नेता पशुपति शमशेर ज.ब.रा.

काठमाडाैं १३ फागुन २०८२ – राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चाेक सम्पर्क समितिले आयाेजना गरेकाे उम्मेदवार चिन्तन भेलामा राप्रपाका शीर्ष नेता पशुपति शमशेर ज.ब.रा.ले काठमाण्डाैं क्षेत्र नं. २ की उम्मेदवार कुन्ती पाेखरेलकाे नेतृत्त्व अपरिहार्य रहेकाे बताएका हुन् ।

काठमाडाैंकाे बत्तीसपुतली गाैशालाकाे एक सभा कक्षमा आयाेजित भेलामा सम्बाेधन गर्दै नेता राणाले राष्ट्रिय प्रजातन्त्र पार्टीले विगतका दशकदेखि देश र जनताका लागि पुरुष वर्गले एक छत्र राजनीति गर्दै सामाजिक, साँस्कृतिक र पारस्परिक सम्बन्धलाई प्रगाढ बनाउन जे जति कार्य प्रणाली अपनाउँदै आएकाे भएपनि पछिल्लाे समयमा आएर नेपालका महिलावर्गले हरेक क्षेत्रमा भूमिका निर्वाह गरिरहेकाेमा आफूमा गर्वले ओतप्रोत भएकाे बताए ।

समयकाे माग अनुसार उम्मेदवारमा हुनुपर्ने सर्वगुण सम्पन्न भएकी कुन्ती पाेखरेलकाे उम्मेदवारी रहरले नभई काठमाडाैं जिल्लाकाे पूर्वउत्तरी भेकमा विकास हुन धेरै बाँकी रहेकाे, शैक्षिक विकासमा सुस्तता छाएकाे, भाैतिक पूर्वाधारका याेजनाहरू देशकाे राजनीतिक अस्थिरताका कारण असरल्ल भएकाे कुराहरू पूरा गर्नका लागि अग्रसर भएकाे धारणा राणाले व्यक्त गरे ।

राप्रपाका केन्द्रीय महासचिव तथा बागमती प्रदेशका पूर्व सभामुख भुवन पाठकले विगतमा कुन्ती झीनाे मतले पराजित भएकाेमा कुनै दुखेसाे र गुनासाे नराखी देशमा धेरै परिवर्तनकाे खाँचाे रहेकाे विषयमा दृष्टिगत गरी अग्रसर भएकाेमा प्रसन्नता व्यक्त गर्दै उनकाे याे लाेकप्रियता र लगनशीलताबाट तर्सेर नै रास्वापकी शाेभिता गाैतम आफूले जितेकाे क्षेत्र नं. २ छाडेर चितवनतिर लागेकाे तर्क प्रस्तुत गरेका छन् ।

पाठकले देशभित्र भएका भ्रष्टाचार सम्बन्धी अनेकाैं प्रमाणका फाइलले कुनै न कुनै दिन कानुनकाे कठघरा र जेलकाे छिंडीमा जाकिएला भन्ने त्रासले ग्रसित व्यक्तिहरूकाे मिलेमताेमा जेन जी समूहका युवाहरूमाथि दाेषाराेपण गर्नका लागि न्यायालय, व्यवस्थापिका कार्यालय, संसद सचिवालय जलाएर ध्वस्त बनाएकाे हुनसक्ने अनुमान सहितकाे टिप्पणी गरेका छन् ।

उम्मेदवार कुन्ती पाेखरेलले विगतका पराजयबाट विवध शिक्षा ग्रहण गरी काठमाडाैं क्षेत्र नं. २ का बासिन्दाका घरघरमा, गाउँशहरमा भाैतिकरूपमा उपस्थित हुँदा संघीय राजधानी काठमाडाैंकाे छत्रछायामा रहेका ग्रामीण बस्तीहरू अति विकट र दुर्गम जस्ताे लाग्ने गरी विविध समस्याले झेलिएकाे पाउँदा आफूले मा थाम्न नसकेकाे भाव व्यक्त गर्दै याे पटक संसदमा पुगेर हरेक समस्या निराकरण गर्न तैयार रहेकाे प्रतिबद्धता व्यक्त गरेकी छन् ।

राप्रपाका केन्द्रीय सदस्य एवं गत स्थानीय निर्वाचनमा काठमाडाैं महानगरपालिकाका प्रत्याशी उम्मेदवार एवं वरिष्ठ कलाकार मदनदास श्रेष्ठकाे भावभंगी सरल उद्घाेषमा सञ्चालन भएकाे हाे । कार्यक्रमका सभापतिले उम्मेदवार कुन्ती पाेखरेललाई विजयी गराउन हरतरहले प्रयासरत रहेकाे जताउँदै काठमाडाैं र सिन्धुपाल्चाेककाे साँधसिमानामा रहेकाे अधुराे विकासकाे निकास ल्याउन पाेखरेल सक्षम रहेकाे बताउँदै कार्यक्रम समापनकाे घाेषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button