Headlineखेलकुदबिशेषसमाचार

सावित्रा भण्डारी साम्बाको उपचारमा पाँच लाख रुपैयाँ सहयाेग गर्दै नेपाली काँग्रेस

‘साम्बा‘काे उपचारका लागि राजनीतिक दल (नेपाली काँग्रेस) र शुभचिन्तकहरूले सहयाेग गर्न थालेपछि नेपाल फुटबल महासंघ (एन्फा)ले सहयाेग गरिरहेकाे भन्दै विज्ञप्ति निकाले

काठमाडौँ । नेपाली कांग्रेसले महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी साम्बाको उपचारमा पाँच लाख रुपैयाँ सहयोग गर्ने वचन दिएको भएपनि नगद हस्तान्तरण भने गरिएकाे पुष्टि भएकाे छैन ।

नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अखिल नेपाल फुटबल संघ (एन्फा)को खेलाडी उपचार कोषमा पाँच लाख सहयोग गर्ने जानकारी दिएका छन्।

उपसभापति शर्माका अनुसार साम्बाले देशको प्रतिष्ठा उचाल्न महत्वपूर्ण योगदान पुर्‍याएकी भएकाले उनको उपचारमा सहयोग आवश्यक छ। साम्बाका समर्थक र शुभचिन्तक खेलप्रेमीहरूले विभिन्न माध्यमबाट सहयाेगकाे अपेक्षा रहित अपिल गरेका छन् ।

खेल मैदानमा घाइते भएर उपचारमा रहेकाे कारण मैदान बाहिर रहेकी साम्बाले सोमबार आम जनतासँग सहयोग मागेकी थिइन्। साम्बाको सहयोग याचना पछि एन्फाले विज्ञप्ति निकालेर उपचारमा पहल गरिरहेको स्पष्ट गरेको छ। यसैबीच काठमाडौँ मेडिकल कलेजले साम्बाको उपचार नि:शुल्क गर्ने प्रस्ताव समेत गरेको छ।

यसरी साम्बाको उपचारमा जनस्तरको सहयोगसँगै राजनीतिक दल र संस्थागत पहल पनि जोडिँदै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button