Headlineअपराध घटनासमाचार

भर्जिनियामा नेपाली पारिवारिक हत्याकाण्ड

युएसए – अमेरिकाको भर्जिनियाको फेयरफ्याक्स काउन्टीस्थित म्यान्टुवा क्षेत्रमा सोमबार बिहान भएको घटनामा नेपाली समुदाय शोकमा परेको छ।

पछिल्लाे समयमा प्राप्त जानकारी अनुसार भर्जिनियाको फेयरफ्याक्स काउन्टीस्थित म्यान्टुवा क्षेत्रमा बसाेबास गरिरहेका छत्रबहादुर थापाले ५१ वर्षीया बिन्दा थापा र ३१ वर्षीया ममता थापाको हत्या गरेकाे खुल्न आएकाे छ ।

५० वर्षीया छत्रबहादुर थापाले आफ्नै परिवारमाथि आक्रमण गरेको खुलेको छ। घटनामा उनका ज्वाइँ ३५ वर्षीया सन्तोषकुमार बस्नेत गम्भीर घाइते भएका छन्। जसमा १ वर्षको बच्चा भने सकुशल रहेको जनाइएकाे छ।

भर्जिनियास्थित घटनास्थल

प्रहरीले घटनास्थलमा आक्रमण रोक्न पुग्दा छत्रबहादुर थापालाई नियन्त्रणमा लिन गोली चलाएको थियो, जसमा उनको पनि मृत्यु भएको छ। घटनामा धारिलो हतियार प्रयोग गरिएको बताइएको छ।

यो घटनाले नेपाली मात्र होइन, अमेरिकी समुदायलाई समेत अचम्मित बनाएको छ। अनुसन्धान जारी रहेकोले प्रहरीले सम्पूर्ण विवरण सार्वजनिक गर्न बाँकी छ।

(याे खबर अमेरिकास्थित नेपालीले सञ्चालन गरेकाे ‘मदर नेपाल’ अनलाइन खबरकाे आधारमा सम्प्रेषण गरेका छाैँ ।सं.)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button