
दाेलखा ११ फागुन – नेकपा एकीकृत समाजवादी (नेकपा एस) मा माैन स्वीकृतिसहित रहेका विगतमा नेकपा एमाले दोलखाका संस्थापक नेता मानिएका शिवप्रसाद भण्डारी पुनः एमालेमै फर्किएका छन् ।
पछिल्लाे समय माैनरूपमा चूपचाप रहेका नेता भण्डारीसहित उनकी श्रीमती कल्पना भण्डारी, भीमेश्वर नगरपालिका पूर्व उपमेयर शान्त बस्नेत एमालेमा फर्किएका हुन् । उनीहरुलाई पुर्नमिलन कार्यक्रमको आयोजना गरी पार्टीमा स्वागत गरेको छ ।
पुर्नमिलन कार्यक्रममा एमालेका उम्मेदवार पार्वत गुरुङ देखि आनन्दप्रसाद पोखरेल र पुराना नेताहरु जीतविर लामा र लालकुमार केसी समेत उपस्थितिमा नेता भण्डारीले एमालेको सबै शक्ति एकजुट भएर जाँदा विजय हासिल गर्न सकिने बताएका छन् ।
नेता भण्डारी चार वर्षअघि नेकपा एमाले विभाजित भएपछि नेकपा एकीकृत समाजवादी (नेकपा एस) मा लागेका थिए । पार्टीभित्रकाे हानाथाप र किचलाेबाट विरक्तिएर माैनतामा गुज्रिएका उनी एमालेमा पुनरागमन गर्नुमा स्थानीय राजनीतिज्ञहरूले अर्थपूर्ण ढंगबाट नियालिरहेका छन् ।