Headlineअन्तराष्ट्रियखेलकुदसमाचार

टी-२० विश्वकप सुपर ८काे खेलमा आफ्नै गृह मैदानमा श्रीलंका ५१ रनले पराजित

पेल्लेकेल श्रीलंका– आईसीसी टी२० विश्वकप अन्तर्गतको सुपर एटको खेलमा इङ्ल्याण्डले श्रीलंकालाई ५१ रन अन्तरले हराएको छ ।

कसिलाे बलिङ गर्दै दिएकाे १४७ रनको सामान्य लक्ष्य पछ्याउन मैदानमा उत्रिएको श्रीलंकाको टीम १६.४ ओभरमै ९५ रनमा अल आउट भएको हो ।

इङ्ल्याण्डलाई यो शानदार जीत दिलाउने क्रममा विल ज्याक्सले सर्वाधिक तीन विकेट लिए भने जोफ्रा आर्चर, लियाम डउसन तथा आदिल रसिदले समान दुई विकेट लिए । जिमी ओभरटनले एक विकेट लिए ।

त्यसअघि श्रीलंकाका बलरहरुले कसिलो बलिङ गर्दै इङ्ल्याण्डलाई १४६ रनमा रोकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button