Headlineप्रदेश खबर

साम्प्रदायिक दंगाका कारण गाैरकाे तनाव यथावत

दंगा मच्चाएकाे भन्दै माधव नेपाल निकट नेकपा (एकीकृत समाजवादी) बाट निर्वाचित वडाध्यक्ष अवध विहारी प्रसाद तेली पक्राउमा

काठमाडाैं – राैतहटकाे गौरमा भएको साम्प्रदायिक झडपपछि गौर नगरपालिका–६ का वडाध्यक्ष अवध विहारी प्रसाद तेली पनि पक्राउ परेका छन् ।

गत बिहीबार विवाहकाे जन्ती आउँदा स्थानीय मस्जिद परिसरमा बाजा बजाएकाे सन्दर्भमा सबगढा क्षेत्रमा सुरु भएको विवादलाई मत्थर पार्नुको सट्टा तेलीले समुदाय भड्काउन भूमिका खेलेको आरोप लागेपछि उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताइएकाे हो ।

वर्तमान नेपाली कम्युनिष्ट पार्टीका सह-संयाेजक माधव नेपाल निकट रहेकाे वडा नं. ६ का वडाध्यक्ष तेलीले हिन्दु समुदायतर्फबाट हिंसात्मक गतिविधि बढाउन उक्साएको आरोप लगाइएकाे प्रहरी उच्च स्रोतले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवले वडाध्यक्ष तेलीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पुष्टि गरेका छन्। उनका अनुसार घटनाबारे विस्तृत छानबिन अघि बढाइएको छ।

यसअघि सोही घटनामा जनमत पार्टीका जिल्ला संयोजक एवं सोही वडाका पूर्व वडाध्यक्ष शेख जमशेदलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button