
मुम्बइ – आईसीसी टि-२०का सुपर आठकाे पहिलाे खेल भारत र दक्षिण अफ्रिका बीच हुन गइरहेकाे छ । याे खेल निकै रोचक हुने र परिणाम अकल्पनीय हुनेमा खेल विश्लेषकहरूमा देखिन्छ।
खेल नरेन्द्र मोदी स्टेडियम, अहमदावादमा नेपाली समय अनुसारसाँझ ७:१५ बजे हुने तालिका रहेकाे छ । दुबै टाेली समूहचरणमा अपराजित यात्रा कायम राख्दै दाेस्राे चरणमा पुगेका हुन् ।
भारत समूह ए मा चारै खेल जित्दै शीर्ष स्थानमा पुग्ने क्रममा अमेरिकामाथि २९ रनको जित, पाकिस्तानविरुद्ध ६१ रनको जित, नेदरल्याण्ड्सविरुद्ध १७ रनको जित र नामिबियामाथि ९३ रनको जित निकालेर सुपर आठमा पुगेका हुन् ।
त्यस्तै दक्षिण अफ्रिका समूह डी मा अपराजित रहँदै सुपर आठमा पुग्ने क्रममा क्यानडामाथि ५७ रनको जित, अफगानिस्तानलाई डबल सुपर ओभरमा पराजित गरेर न्यूजील्याण्डविरुद्ध ७ विकेटको जित र युएईविरुद्ध ६ विकेटको जित निकालेका हुन् ।
भारत र दक्षिण अफ्रिकाबीच अहिलेसम्म ३५ खेल भएकाेमा भारतले २१ जित निकाल्दा दक्षिण अफ्रिकाले १३ खेल जितेका छन् भने १ खेल नतिजाविहीन रहेकाे छ ।
सम्भावित प्लेइङ ११
| भारत | दक्षिण अफ्रिका |
|---|---|
| इशान किशन (विकेटकिपर) | एडेन मार्कराम (कप्तान) |
| अभिषेक शर्मा | क्विन्टन डे कक (विकेटकिपर) |
| तिलक वर्मा | रायन रिकेल्टन |
| सूर्यकुमार यादव (कप्तान) | डेवाल्ड ब्रेभिस |
| हार्दिक पाण्ड्या | ट्रिस्टन स्टब्स |
| शिवम दुबे | जेसन स्मिथ |
| रिंकु सिंह | जर्ज लिन्डे |
| अक्षर पटेल | कोर्बिन बोश |
| अर्शदीप सिंह | कागिसो रबाडा |
| वरुण चक्रवर्ती | एनरिक नोर्टजे |
| जसप्रित बुमराह | क्वेना माफाका |