Headlineराजनितिसमाचार

नेकपा एमालेले गरे रास्वपाविरुद्ध चेतावनी सहितकाे विज्ञप्ति सार्वजनिक

दाङ, तुलसीपुर फागुन ८ – दाङ जिल्लाकाे तुलसीपुरस्थित बजार क्षेत्रमा रास्वपा सम्बद्ध व्यक्तिहरूले गरिएकाे अवाञ्छित क्रियाकलापप्रति आपत्ति जनाउँदै नेसनल भोलिन्टयर फोर्सले चेतावनी सहितकाे विज्ञप्ति जारी गरेकाे छ ।

नेकपा (एमाले)निकट नेसनल भोलिन्टयर फोर्सले पार्टीको झण्डा जलाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्तालाई करबाही नभए प्रतिवादमा उत्रिने चेतावनी दिएको छ । फोर्सले शुक्बार विज्ञप्ति जारी गर्दै सरकारलाई यस्तो चेतावनी दिएको हो ।

फागुन ७ गते रास्वपा समर्थक युवाहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अशाेभनीय नाराबाजी गर्दै पार्टीको झण्डा जलाएको भिडियाे सार्वजनिक भएपछि साे घटनाप्रति आपत्ति जनाउँदैविज्ञप्ति जारी गरेकाे बताइएकाे छ ।

एमालेको जिल्ला कमिटीले विज्ञप्ति जारी गर्दै यसलाई अराजक, असभ्य र लोकतान्त्रिक संस्कारमाथि प्रहार भएको ठहर गर्दै राजनीतिक असहमति विचार र जनमतमार्फत व्यक्त गर्नुपर्नेमा हिंसात्मक व्यवहार देखिनु अपरिपक्वता भएको भनाइ व्यक्त गरेका छन् ।

क्षणिक चर्चाका लागि गरिने उग्र प्रदर्शन अन्ततः दुर्घटना निम्त्याउन सक्ने चेतावनी दिंदै आफ्ना कार्यकर्तालाई उच्च मनोबलका साथ लोकतान्त्रिक मूल्यको रक्षा गर्न आग्रह समेत विज्ञप्तिमा गरिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button