Headlineअपराध घटनासमाचार

लागूऔषध गाँजा ४३८ किलो ४३ ग्राम सहित मकवानपुरमा २ जना पक्राउ

मकवानपुर ७ फागुन – मकवानपुर जिल्लाकाे भीमफेदी गाँउपालिका वडा नं.२ चुनिया स्थित त्रिभुवन राजपथ नजिक भित्री सडक खण्डमा गाडीमा प्रतिबन्धित लागूऔषध गाँजा लुकाएर लान लागेकाे अवस्थामा पक्राउ गरिएकाे छ ।

प्रहरी चौकी भैसे मकवानपुरबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा लु. १ च. २१५२ नं. को बोलेरो गाडी र बा.प्र.०३-००५ प.४५७६ नं. को मोटरसाईकललाई रोकी बोलेरो गाडीबाट प्रतिबन्धित लागू औषध गाँजा ४३८ किलो ४३ ग्राम फेला परेको जनाएकाे छ ।

फागुन ६ गते दिउँसाे ३ः०० बजेतिर भीमफेदी गाँउपालिकाकाे वडा नं.२ चुनिया नजिकैकाे सडकमा राेकी राखेकाे गाडी चालकमाथि शंका लागेर खानतलासी गर्दा बोलेरो गाडीको पछाडी ढाला भित्र लुकाई छिपाई राखिएको अवस्थामा उक्त प्रतिबन्धित लागूऔषध गाँजा फेला परेकाे प्रहरी स्राेतले बताएकाे छ ।

उक्त गाँजा फेला परेपछि गाडी चालक मकवानपुर जिल्ला कैलाश गा.पा.१० बस्ने बर्ष अं.२७ को राम बहादुर मोक्तान र मोटरसाईकल चालक ऐ.ऐ.बस्ने बर्ष अं.१९ को अनिल थिङलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button