
मुम्बई, भारत – टी–२० विश्वकप २०२६काे सुपर आठमा पाँच देशमा आयोजक श्रीलंका र भारतसहित वेस्टइन्डिज, इङ्ल्यान्ड र दक्षिण अफ्रिका सुपर आठमा पुगेका छन्।
समूह ए: भारत ६ अंकसहित शीर्ष स्थानमा, सुपर आठमा प्रवेश गरेकाे छ । अमेरिका ४ अंकसहित दोस्रो, पाकिस्तान कमजोर रनरेटका कारण संकटमा रहेकाे छ भने नामिबियासँग अन्तिम खेलमा पाकिस्तानलाई जित अनिवार्य बनेकाे छ ।
समूह बी: श्रीलंका लगातार तेस्रो जितसहित सुपर आठमा पुग्न सफल भएकाे छ । अस्ट्रेलिया दुई हारपछि बाहिरिने संघारमा रहेकाेले ओमानविरुद्ध जित्नुपर्ने र जिम्बाब्वे पराजित भएमा मात्र उनकाे सम्भावना रहनेछ ।
समूह सी: वेस्टइन्डिज तीनै खेल जित्दै अघि बढिसकेकाे छ भने इङ्ल्यान्डले इटालीलाई हराउँदै सुपर आठमा पुग्न सफल भएकाे छ । नेपाल, इटाली, स्कटल्यान्ड बाहिरिसकेका छन् ।
समूह डी: दक्षिण अफ्रिका तीनै खेल जित्दै सुपर आठमा पुगिसकेका छन्। न्यूजील्यान्डले क्यानाडाविरुद्ध जिते प्रवेश गर्ने सम्भावना छ भने अफगानिस्तान र यूएईलाई अन्तिम खेलमा जित आवश्यक रहेकाे छ ।
सबैभन्दा बढी ब्याटिङ रन स्काेरमा श्रीलंकाका कुसल मेन्डिस लगातार तेस्रो अर्धशतकसहित १६८ रन बनाएके छ भने टिम साइफर्ट (१६७) दोस्रो र ईशान किशन (१५८) तेस्रोमा रहेका छन् ।
बलिङमा अमेरिकाका शैडली भान शाल्कविक १३ विकेटसहित शीर्ष स्थानमा पुगेकाे छ । दक्षिण अफ्रिकाका लुंगी एन्गिडी र अफगानिस्तानका अजमतुल्लाह ओमरजई ८–८ विकेटसहित दोस्रो स्थानमा रहेका छन्
यसरी सुपर आठमा प्रवेश गर्ने टोलीहरू स्पष्ट हुँदै गएका छन् भने अस्ट्रेलिया र पाकिस्तान जस्ता ठूला नामहरू संकटमा परेका छन्।