Headlineप्रदेश खबरबिशेष

लहानमा उखुमा आगलागी, करोडभन्दा बढी क्षति हुँदा कृषकहरू चिन्तित

सिराहा फागुन ५ – सिराहाकाे लहानमा उखु खेतमा आगलागी हुँदा करोडभन्दा बढी क्षति भएकाे स्थानीय कृषकहरूकाे दाबी रहेकाे छ ।

लहान नगरपालिका–१३, घले टोलमा सोमबार दिउँसो भएको आगलागीमा १५ जना किसानको करिब १५ बिघा खेतमा लगाइएको उखु जलेर नष्ट भएको छ।

प्रारम्भिक अनुमानअनुसार क्षति करिब १ करोड १६ लाख रुपैयाँ बराबरकाे क्षति हुँदा स्थानीय उखु कृषकहरूमा आर्थिक समस्या थपिन गएकाे छ ।

आगलागी भएकाे खबर चारैतिर फैलिंदै गएकाे अवस्थामा पनि नगरपालिकाको दमकल बिग्रिएको हुँदा गोलबजारबाट आएको दमकल घटनास्थलमा पुग्न ढिलाइ भएकाेले आगो नियन्त्रणमा समस्या भएकाे स्थानीयहरू बताउँछन् ।

किसानहरूले स्थानीय सराकारी निकायसँग राहत माग गरेका छन्, कृषक महासङ्घले हिमाल चिनी मिलसँग समन्वय गरी स्थलगत अनुगमन सुरु गरेका छन् । लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले प्रभावित किसानलाई राहतका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

२४ वडा भएको नगरपालिकामा दुई दमकल हुनुपर्नेमा एउटा मात्र, त्यो पनि मर्मत नभएकोमा दुखेसाे पाेखेका छन् भने पछिल्ला वर्षहरूमा आगलागी हुँदा गोलबजार नगरपालिकाकै दमकलमा निर्भर रहनुपरेको स्थानीयवासीको भनाइ रहेकाे छ।

यसरी, दमकल अभाव र अग्नि नियत्त्रणमा ढिलाइ भएका कारण किसानहरूले ठूलो आर्थिक क्षति बेहोर्नु परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button