देशका विभिन्न स्थानमा सडक दुर्घटनामा मृत्यु

काठमाडौं, ४ फागुन – आइतबार देशका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएकाे जानकारी केन्द्रीय प्रहरी समाचार कक्षले जनाएकाे छ ।
समाचार कक्षबाट प्राप्त जानकारी अनुसार बारा, कलैया उपमहानगरपालिका–१६मा ट्याक्टर (प्र.२-०३-००१ त ३८६) र मोटरसाइकल (प्र.२-०२-०२२ प ५१०४) ठक्कर खाँदा २५ वर्षीय उपेन्द्र मण्डलको उपचारको क्रममा मृत्यु भएकाे छ ।
मोटरसाइकलमा सवार अन्य २ जना घाइते, एलएस न्यूरो अस्पताल परवानीपुरमा उपचाररत रहेकाे छ भने ट्याक्टर चालक फरार भएकाे बताइएकाे छ ।
त्यसैगरी रौतहटकाे कटहरिया नगरपालिका–१मा मोटरसाइकल (बीआर ०५ एडी ८२७६)को ठक्करबाट ७० वर्षीय मंगल दासको मृत्यु भएकाे छ । मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा रहेकाे छ ।
पश्चिम नेपालकाे डडेलधुरा जिल्लाकाे अजयमेरू गाउँपालिका–२: ट्याक्टर (सु.प.प्र.०१-००२ त ७४२८) दुर्घटनामा २० वर्षीय सन्दिप चौधरीको घटनास्थलमै मृत्यु भएकाे छ । अन्य २ जनाको डडेलधुरा अस्पतालमा उपचार, १ जनालाई धनगढी रिफर गरिएकाे छ । चालक फरार भएकाे छ ।
त्यस्तै सिराहा जिल्लाकाे सिरहा नगरपालिका–१: मोटरसाइकल (म.प्र ०१-००५ प ६८८९) दुर्घटनामा २१ वर्षीय मुरली दासको मृत्यु भएकाे छ । मोटरसाइकल चालक र अन्य १ जना घाइते, जनकपुर न्यूरो अस्पतालमा उपचाररत छन् ।
मधेसकाे सप्तरी जिल्लाकाे राजबिराज नगरपालिका–११ मा अज्ञात सवारी साधनको ठक्करबाट ४५ वर्षीय महिनारायण शर्माको मृत्यु भएकाे छ भने । सवारी साधन र चालक फरार बेपत्ता भएका छन् ।
समाचार कक्षका अनुसार सबै घटनामा आवश्यक अनुसन्धान भइरहेको छ। फरार चालकहरूको खोजी कार्य तीव्र पारिएको छ। आइतबार मात्र विभिन्न जिल्लामा भएका दुर्घटनाले पाँच जनाको ज्यान लिएको छ र घाइतेहरूको उपचार जारी छ। सबै घटनामा प्रहरीको अनुसन्धान जारी छ, फरार चालकहरूको खोजी भइरहेको छ।