Headlineसमाचारसंस्कृति पर्व
२०८२ काे महाशिवरात्रिमा ४ हजार साधुसन्त पशुपतिमा भेला हुँदै

काठमाडाैं फागुन २ – पशुपति क्षेत्र विकास कोषले २०८२ सालकाे महाशिवरात्रिमा स्वदेशका विभिन्न धामबाट र भारत लगायतका देशबाट करिब चार हजार साधुसन्तहरूको पशुपतिमा उपस्थिति रहने जनाएको छ ।
कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाष जोशीले शिवरात्रि पर्वका लागि आउने साधुसन्तका लागि अस्थायी आवास, भोजन तथा सुरक्षा व्यवस्था मिलाइएको बताएका छन् ।

साधुसन्तहरूका लागि तोकिएको स्थानमा बसोबासको व्यवस्था गरी व्रतालुहरूका लागि भगवन शिवजीकाे दर्शन गराउन पूर्ण व्यवस्था मिलाएर मन्दिर परिसरको अनुशासन कायम राखिने कोषले जनाएको छ ।
आइतबार महाशिवरात्रिको अवसरमा दर्शनार्थीको अत्यधिक घुइँचो व्यवस्थापन गर्न चार वटा छुट्टाछुट्टै लाइनमार्फत दर्शनको व्यवस्था मिलाएको र यस बर्ष आठ लाख भक्तजन दर्शनका लागि आउनसक्ने कोषले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?