
आईसीसी टी–२० विश्वकपअन्तर्गत २२औँ खेलमा आयरल्यान्डले ओमानलाई ९६ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।
शनिबार कोलम्बोस्थित सिंहली स्पोट्र्स क्लब मैदानमा भएको खेलमा ओमानले टस जितेर पहिले बलिङ रोजेपछि ब्याटिङमा उत्रेकाे गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २३५ रनको विशाल योगफल बनायो ।
जवाफी ब्याटिङमा उत्रेकाे ओमान १८ ओभरमा १३९ रनमै समेटियो र पराजित भयाे । आयरल्यान्डले बनाएकाे २३५ रन यो जारी विश्वकपकै अहिलेसम्मको सर्वाधिक स्कोर हो ।
२३ औँ खेलमा इङ्गल्याण्ड र स्कटल्याण्ड भिड्दै गर्दा स्कटल्याण्डले सबै विकेट गुमाएर १५२ रन जाेडेकाे छ । यतिबेला इङ्गल्याण्डले ब्याटिङ गरिरहेकाे छ । याे समाचार तैयार गर्दै गर्दा इङ्गल्याण्डले नवाैं ओभर सकाउँदा २ विकेटकाे क्षतिमा ७६ रन बनाएर खेलिरहेकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Join our affiliate family and watch your profits soar—sign up today!