
अग्रपंक्तिमा टेष्ट मान्यता राष्ट् रहेपनि एसाेसियट राष्ट्रले उनीहरूमाथि दबदबा कायमै
मुम्बई १४ फेब्रुअरी – हिजाे भएकाे तेस्राे खेलमा अमेरिकाले जारी टी-२० विश्वकपमा नेदरल्याण्डसलाई ९३ रनको फराकिलो अन्तरले पराजित गरेर टेष्ट राष्ट्रहरूमा सशंकित बनाएकाे छ ।
अमेरिकाले दिएको १९७ विशाल रनको लक्ष्य पछाएको नेदरल्याण्डसले १५.५ ओभरमा अलआउट हुदै १०३ रन मात्र बनाएपछि खेल हारेको हो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अमेरिकाले शक्तिशाली ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १९६ रन बनाएको थियो ।
जारी विश्वकपमा यो अमेरिकाको तेस्रो खेलमा पहिलो जित हो । त्यस्तै नेदरल्याण्डसले पनि तीन खेलमा एक जित र दुई हार बेहोरेको छ । अब अमेरिकाले अर्को खेल आइतबार नामिबियासँग खेल्ने तालिका छ भने नेदरल्याण्डसले फेब्रुअरी १८ मा भारतसँग खेल्ने छ ।
त्यस्तै युएईले जारी टी-२० विश्वकप अन्तर्गतको खेलमा क्यानडालाई पराजित गरेको छ । शुक्रबार सम्पन्न खेलमा युएईले क्यानडालाई ५ विकेटले पराजित गरेको हो ।