Headlineअपराध घटनासमाचार
झापामा लागूऔषधविरुद्ध प्रहरीको एक्सन, १३ जना पक्राउ

काठमाडाैं १ फागुन – काकडभिट्टा नाकामा विशेष अपरेशन चलाउँदै झापा प्रहरीले दुई महिला सिटी रिक्सा चालकसहित १३ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट सिरिन्ज, ट्याब्लेट र शंकास्पद पदार्थ बरामद भएको छ।
प्रहरीले पछिल्लो समय लागूऔषध ओसारपसार बढेकाले ‘सर्जिकल अपरेशन’ सञ्चालन गरेको हो। सादा पोशाकमा प्रहरी परिचालन गरी निगरानी बढाइएको थियो। पक्राउ परेकामाथि लागूऔषध नियन्त्रण ऐनअनुसार मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ।
स्थानीयले प्रहरीको कदमलाई स्वागत गर्दै मुख्य सप्लायरसम्म पुग्नुपर्ने सुझाव दिएका छन्। झापामा किशोर–किशोरीमा लागूऔषधको लत बढ्दै गएकाले विद्यालय क्षेत्रलाई ‘सेन्सेटिभ जोन’ घोषणा गर्दै विशेष निगरानी सुरु गरिएको छ। प्रहरी प्रमुखले ‘जिरो टोलरेन्स’ नीति अपनाएको र झापालाई ट्रान्जिट बन्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?