नेपालगन्ज लागूऔषध तस्करीको ट्रान्जिट हब बन्दै

काठमाडाै १ फागुन – बाँकेको सदरमुकाम नेपालगन्ज बिस्तारै लागूऔषध तस्करीको प्रमुख केन्द्र बन्दै गएको समाचारले बजार पिटेकाे छ।
भारतसँगको खुला सीमा, कमजोर निगरानी, अन्तर्राष्ट्रिय गिरोहको सक्रियता र कतिपय सुरक्षाकर्मीको मिलेमतोका कारण यो शहर सुरक्षित मार्गको रूपमा प्रयोग भइरहेको छ।

गांजा नेपालबाट भारत तस्करी हुने, ब्राउन सुगर र प्रतिबन्धित औषधि भारतबाट नेपाल भित्रिने क्रम बढ्दै गएको छ। नेपालगन्जमा भित्रिएका पदार्थ काठमाडौं, पोखरा, चितवन हुँदै तेस्रो मुलुकसम्म पुग्ने गरेको अनुसन्धानले देखाएको छ।
प्रहरीले दर्जनौं मुद्दा दर्ता गरे पनि प्रयोगकर्ता र कारोबारीको संख्या घट्नुको सट्टा बढिरहेको छ। स्थानीयले ठूला खेलाडीमाथि कारबाही नभएको आरोप लगाएका छन्। बेरोजगारी र गरिबीका कारण युवाहरू सजिलै तस्करको जालमा फसिरहेका छन्।
विशेषज्ञहरूले समस्या समाधानका लागि प्रविधिमैत्री निगरानी, सुरक्षाकर्मीमाथि कडा अनुगमन, ठूला तस्करको सम्पत्ति छानबिन, समुदाय–प्रहरी साझेदारी र युवाका लागि रोजगारी तथा सचेतना कार्यक्रम आवश्यक रहेको सुझाव दिएका छन्।