Highlightsअपराध घटनासमाचार

इन्टरपोलको सहयोगमा १० फरार प्रतिवादी नेपाल फिर्ता

नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)सँगको समन्वयमा स्वदेशमा अपराध गरी विदेश भागेका १० जनालाई पक्राउ गरी नेपाल ल्याएको छ।

चालु आर्थिक वर्षमा ११ जनाविरुद्ध ‘रेड नोटिस’ र ३ जनाविरुद्ध ‘डिफ्युजन’ जारी भएकोमा रेड नोटिस जारी भएका ८ र डिफ्युजन जारी भएका २ जनालाई विभिन्न देशबाट पक्राउ गरिएको प्रहरी नायब महानिरीक्षक एवं प्रवक्ता अबि नारायण काफ्लेले जानकारी दिए।

अघिल्लो आर्थिक वर्षमा ३४ जनाविरुद्ध रेड नोटिस र २ जनाविरुद्ध डिफ्युजन जारी भएकोमा १७ जना रेड नोटिस र ३ जना डिफ्युजन जारी भएका प्रतिवादीलाई नेपाल फिर्ता ल्याइएको थियो।

प्रवक्ता काफ्लेले अपराध अनुसन्धान, नियन्त्रण तथा आसन्न निर्वाचनलाई निर्वाध सम्पन्न गर्न नेपाल प्रहरी विभिन्न सुरक्षा रणनीतिसहित सक्रिय रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button