Headlineअपराध घटनासमाचार

क्यानडाको एक हाई स्कुलमा गाेली प्रहार १० काे मृत्यु

अन्तर्राष्ट्रिय एजेन्सी ११ फेब्रुअरी – क्यानडा राज्यको ब्रिटिस कोलम्बिया प्रान्तीय टम्बलर रिज सहरमा रहेको एक हाई स्कुलमा मंगलबार अन्धाधुन्ध गोली प्रहार गरिँदा १० जनाको मृत्यु भएको छ। 

पछिल्लाे खबर अनुसार घटनामा गोली लागेर २५ जना घाइते पनि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेकाे भएपनि मृतकमा कोही विद्यार्थी छन् कि छैनन् भन्ने कुरा अझै थाहा नभएको र घटनापछि स्कुल बन्द गरिएको बताइएकाे छ।

एजेन्सीले स्थानीय विधायक ल्यारी न्युफेल्डकाे भनाइ उद्धृत गर्दै स्थिति नियन्त्रण गर्न ठुलो संख्यामा प्रहरी र एम्बुलेन्स टोली घटनास्थलमा पठाइएको बताइएकाे छ ।

सरकारी वेबसाइटका अनुसार, घटना भएको टम्बलर रिज माध्यमिक विद्यालयमा कक्षा ७ देखि १२ सम्मका १७५ विद्यार्थीहरू अध्ययनरत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button