अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

काठमाडौं, २५ माघ – नेपालकाे विभिन्न जिल्लाबाट अवैध लागूऔषधसहित १० जनालाई पक्राउ गरिएकाे जानकारी केन्द्रीय प्रहरी समाचार कक्षबाट प्राप्त भएकाे छ ।
प्राप्त जानकारी अनुसार रूपन्देहीबाट १, बाँकेबाट २, कञ्चनपुरबाट ४, तनहुँबाट २ र रूपन्देहीबाट २ जना गरी १० जना रहेका छन् । पक्राउ पर्नेहरू २२ वर्षदेखि ३ड वर्ष उमेर समूहमा रहेका छन् ।
पक्राउ पर्नेहरूकाे नाम प्रत्येक स्थानबाट क्रमशः तेजबहादुर घर्तिमगर, नरेन्द्र कुर्मी, दिपु बर्मा, धिरु चन्द, मनाेज मल्ल, विनाेद खड्का, गणाेश बाेहरा, सागर क्षेत्री, उमेश राजभर र आकाश पासी रहेका छन् ।
स्थानीय इलाका प्रहरी र अस्थायी चाैकीमा कार्यरत प्रहरीहरूले उनीहरूबाट अवैध लागूऔषध खैरो हेरोइन, डाईजेपाम १७
एम्पुल, फेनारगन १७ एम्पुल र बुप्रेनोर्फिन १७ एम्पुल र ब्राउनसुगरसमेत कसैकसैकाे सवारी साधन पनि जफत गरेकाे समाचार कक्षले जनाएकाे छ ।