Headlineघटना दुर्घटनासमाचार
सिन्धुलीमा बोलेरो दुर्घटना, एकको मृत्यु

धुलिखेल काभ्रे माघ २३- सुनकोशी गाउँपालिका–५ खहरेगाउँको सहिदगेट–अमारे सडक खण्डमा हिजो बोलेरो दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ।
मधेश प्रदेश नं. ३–००१ च ८५०० नम्बरको बोलेरो अमारेबाट गौखर्कतर्फ कुलपूजामा जाँदै गर्दा अनियन्त्रित भई करिब २०० मिटर तल खसेको थियो। दुर्घटनामा गम्भीर घाइते सुनकोशी–६ का ३३ वर्षीय रामकृष्ण नेपालीको धुलिखेल अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते अन्य २० जनाको उपचार भइरहेको छ। उद्धारमा इलाका प्रहरी कार्यालय खुर्कोट, प्रहरी चौकी रातामाट र स्थानीयको टोली सक्रिय भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?