Headlineघटना दुर्घटना

मेघालय कोइलाखानी विस्फोटमा खोटाङका दाजुभाइको मृत्यु

“कोइलाखानी दुर्घटना”

काठमाडाैं माघ २३ – भारतको मेघालयस्थित उम्साङघाटमा बिहीबार भएको कोइलाखानी विस्फोटमा नेपालकाे खोटाङ निवासी युवाद्वय एकाघरका दाजुभाइकाे निधन भएकाे छ ।

निधन भएकाहरूमा खाेटाङ बाराहपोखरी–१ सालघारीभञ्ज्याङका दाजुभाइ २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगरको घटनास्थलमै मृत्यु भएको छ।

स्थानीय वडाअध्यक्ष ढकबहादुर कार्कीका अनुसार घटनामा नरबहादुर खपाङ्गी मगर (३५), बमबहादुर खपाङ्गी मगर (४५) र कर्णबहादुर खपाङ्गी मगर (४०) घाइते भएका छन्। तीमध्ये नरबहादुर र बमबहादुरको अवस्था गम्भीर छ। उदयपुर साउनेका ललितबहादुर मगर पनि घाइते भएका छन्।

रोजगारीका लागि गत पुस ३ गते मेघालय पुगेका ७ जनामध्ये बाराहपोखरीका ताराबल मगर मात्र सकुशल छन्। उनले नै विस्फोटबारे आफन्तलाई जानकारी गराएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button