श्रृङ्खलाबद्ध चोरीमा संलग्न पुरानै अपराधी भएकाे खुलासा

काठमाडौंको सितापाईला बस्ने वर्ष ४१ को सुप्रिम विकाश, सौरभ चौधरी भन्ने प्रेम थारूलाई शहरका विभिन्न स्थानहरूमा श्रृङ्खलाबद्ध चोरीमा संलग्न भएकाे प्रमाण सहित पक्राउ काठमाडाैं प्रहरीले गरेका छन् ।
काठमाडौँका प्रहरीले जानकारी दिए अनुसार विभिन्न स्थानमा दिउँसोको समयमा घरमा कोही नभएको मौका पारी घर भित्रबाट नगद तथा सुन चाँदीका गरगहना चोरी गर्ने नेपालगन्ज उपमहानगरपालिका ३ घर भइ काठमाडौंको सितापाईलाका निज थारू रहेकाे छ ।
२०७९ मङ्सिरमा प्रहरी वृत्त बौद्धबाट २ वटा चोरी कसुरमा पक्राउ परी कारागार चलान भइ ३ वर्ष कैद भुक्तान गरेको समेत अभिलेखमा देखिए अनुसार साेही व्यक्ति रहेकाे बताइएकाे छ ।
चोरीका घटनाको सम्बन्धमा ८८ तोला सुन, ९९ तोला चाँदी, २ तोला डाइमण्ड, विभिन्न देशका मुद्रा लगायत सहित ३ करोड ६ लाख १४ हजार २०० रुपैयाँ बराबरको चोरी भएको बिगो सहित हालसम्म ९ जना पीडित सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।
उनीहरुसँगबाट प्रहरीले ७६४.३५ ग्राम सुन, ११५९.२६ ग्राम चाँदी, नगद नेपाली रुपैयाँ एक लाख ६३ हजार ६५५, १५.२६ ग्राम डायमण्ड, ११० अमेरिकी डलर, ५५ सय भारुसहित अन्य विदेशी मुद्रा बरामद गरेको प्रहरीले जनाएको छ ।