Headlineराजनितिसमाचार

सर्वाेच्चकाे फैसलाकाे आशातीत पर्खाइसंगै एमाले अध्यक्ष भावी प्रधानमन्त्रीमा प्रस्ताव

काठमाडाैं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल‘ले संसद् पुनःस्थापनाको मुद्दा प्रसङ्गसँगै भावी प्रधानमन्त्रीका रूपमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेकोे स्पष्ट पारेकाे छ ।

एमालेको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष थापाले मुलुकको रक्षा र लोकतान्त्रिक शक्तिहरूलाई पुनःस्थापित गर्नका लागि अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीको प्रस्तावसहित पार्टी चुनावमा होमिएको स्पष्ट गरेका छन् ।

उपाध्यक्ष थापा बादलले बनाउनेहरूलाई जिताउनुपर्ने खाँचो रहेको उल्लेख गर्दै विगतमा बाेलिएका अध्यक्ष ओलीकै व्याख्यालाई दाेहर्याउँदै सर्वाेच्च अदालतले संसद् पुनःस्थापनाको मुद्दाबारे चाँडै फैसला दिनुपर्नेमा पनि जोड दिए ।

नेकपा एमाले सरकारमा रहँदा नेपालको आर्थिक वृद्धि भइरहेको, समृद्धिको एकीकृत खाकाका साथ काम भइरहेको अवस्थामा अनेक पक्षहरूले अघिल्लो सरकारलाई विस्थापित गरेकाले ती कुरालाई जनताले राम्ररी बुझेर मनन गर्नेछन् भन्ने भाव थापाकाे रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button