Headlineअर्थसमाचार

चालु आर्थिक वर्षमा रेमिट्यान्स आप्रवाह उल्लेखनीय वृद्धि

काठमाडाैं माघ २० – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा रेमिट्यान्स ३९.१% ले बढेर १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा वृद्धि दर मात्र ४.२% भएकाेमा पुस महिनामा मात्रै रेमिट्यान्स १ खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा उल्लेख्य वृद्धि हो।

यस पटक एक्कासी बढेकाे अमेरिकी डलरमा मापन गर्दा रेमिट्यान्स ३२.३% ले बढेर ७ अर्ब ५० करोड डलर पुगेको छ। अन्य तथ्यांक अनुसार समीक्षा अवधिमा खुद द्वितीय आय (ट्रान्सफर) ११ खर्ब ६८ अर्ब २ करोड रुपैयाँ पुगेको छ, जुनअघिल्लो वर्ष: ८ खर्ब ३३ अर्ब ८६ करोड रहेकाे थियाे ।

वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या २ लाख ६ हजार ८०७ पुगेको छ। पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ९४ हजार ७३३ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति २ लाख ३० हजार ४३९ र पुनः श्रम स्वीकृति १ लाख ६२ हजार ६२८ थियो।

पछिल्लो ६ महिनामा रेमिट्यान्स आप्रवाह उल्लेख्य रूपमा बढेको छ, जसले नेपालको वैदेशिक आय र श्रम स्वीकृति दुवैमा सकारात्मक वृद्धि देखाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button