नेपाली कम्युनिष्ट पार्टी दाेलखा–काठमाडाैं सम्पर्क मञ्चकाे निर्वाचन लक्षित कार्यकर्ता भेला सम्पन्न

१७ माघ काठमाडाैं – फागुन २१ गते नेपाली कम्युनिष्ट पार्टी दाेलखा–काठमाडाैं सम्पर्क मञ्चले आयोजना गरेकाे निर्वाचन लक्षित कार्यकर्ता भेला सम्पन्न भएकाे छ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा तत्कालीन नेकपा माओवादीका प्रभावशाली नेता गंगा कार्की ‘विश्व’ प्रमुख अतिथि रहेका थिए भने शहीद परिवारका छाेरा जीवन सर्वहाराले अध्यक्षता गरेका थिए।
भेलामा दाेलखाबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार बनेका युवा नेता विशाल खड्कालाई विजयी बनाउन उद्देश्य राखिएको थियो। कार्यक्रममा समानुपातिक सदस्य इञ्जिनियर महेन्द्रबहादुर कार्कीसहित अन्य नेताहरूको पनि उपस्थिति थियो।

शहीदहरूको स्मरणमा श्रद्धाञ्जलि अर्पण गर्दै सुरु भएको भेलामा नेता शंकर लामाले दाेलखाका उम्मेदवारहरूको विजय सुनिश्चित गर्न आवश्यक गतिविधि र प्रक्रियाबारे स्पष्ट पारे। त्यस्तै, काठमाडौं निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार नितेश पौडेलले पनि दाेलखाका उम्मेदवारहरूको विजय सुनिश्चित रहेको धारणा व्यक्त गरे।
समानुपातिक उम्मेदवारद्वय, सम्पर्क मञ्चका संयोजक तथा प्रमुख अतिथि गंगा कार्कीले चुनावमा सबैको साथ र सहकार्यबाट नै नेपाली कम्युनिष्ट पार्टी विजयी हुने विश्वास व्यक्त गरे। साेही कार्यक्रममा दाेलखाका विभिन्न पालिकाबाट उपस्थित भएका युवा समूह साे पार्टीमा प्रवेश गरेका थिए ।
जेन जी युवाद्वारा सञ्चालित साे कार्यक्रममा दाेलखामा जन्मेर काठमाडौंमा विभिन्न पेशा, शिक्षा तथा व्यवसायमा संलग्न व्यक्तिहरू, जेन जी पुस्ताका युवाहरू तथा विभिन्न वर्गीय संगठनका पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Join our affiliate community and start earning instantly!
Turn referrals into revenue—sign up for our affiliate program today!