Headlineराजनितिसमाचार

देश निर्माण गर्ने शक्ति एमालेभित्र मात्रै भएको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकाे दाबी

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार काठमाडौँमा आयोजना गरेको चुनावी भेलालाई सम्बोधनकाे क्रममा सर्वोच्च अदालतलाई संसद पुनर्स्थापनाको मुद्दामा अविलम्ब फैसला गर्न आग्रह गरेका छन् ।

एमाले ओखलढुंगा काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको चुनावी सभामा अदालत मौन बस्दा औचित्यमाथि प्रश्न उठ्ने भन्दै उनले अदालतको आदेश जे भए पनि स्वीकार गर्ने स्पष्ट पारेका छन् ।

निर्वाचनबारे ओलीले सरकार तटस्थ रहनुपर्ने, भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउनुपर्ने बताउँदै कसैलाई जिताउने वा हराउने खेलमा सरकार लागे परिणाम स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

फागुन २१ गते निर्वाचनको मिति तय भए पनि हिमाली भेगमा निर्वाचन कठिन हुने टिप्पणी गरे। झापा–५ मा प्रतिस्पर्धीलाई बालेनप्रति कटाक्षरूपमा “बतासे अन्डा” भन्दै संगठन, नीति वा उद्देश्य नभएको आरोप लगाएका छन् ।

प्रतिस्पर्धीप्रति आलोचना गर्दै उनले प्रतिस्पर्धीहरूले आगजनी र तोडफोडलाई क्रान्ति भनेर महिमा मण्डन गर्ने गरेको बताउँदै गर्दा एमालेको दाबी प्रस्तुत गर्दै देश निर्माण गर्ने शक्ति एमाले मात्रै भएको र जनताले यसपटक पनि आफूहरूलाई सफल बनाउने विश्वास व्यक्त गरे।

ओलीको मुख्य भनाइ नै अदालतलाई छिटो निर्णय गर्न आग्रह, सरकारलाई तटस्थ रहन चेतावनी, प्रतिस्पर्धीप्रति व्यंग्यात्मक टिप्पणी, र एमालेलाई देश निर्माणको एकमात्र शक्ति भनेर प्रस्तुत गर्नु हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button