

माघ १५ काठमाडौं – दोलखा जिल्लाका युवा पत्रकार समूहद्वारा सञ्चालित गौरीशंकर च्छो–रोल्पा मिडिया प्रा.लि.को सातौँ वार्षिक उत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
वरिष्ठ कलाकार तथा समाजसेवी मदनदास श्रेष्ठको अध्यक्षतामा शुभारम्भ भएको सो समारोहको प्रमुख अतिथिमा गीतकार तथा समाजसेवी शोभित उप्रेती रहेका थिए ।
कार्यक्रममा च्छो–रोल्पा सामाजिक सेवा सम्मान २०८२, पत्रकार सम्मान २०८२, च्छो–रोल्पा राष्ट्रसेवा सम्मान २०८२, च्छो–रोल्पा सर्वश्री कला सम्मान २०८२, च्छो–रोल्पा पत्रकारिता सम्मान २०८२ गरी ६ जनालाई प्रदान गरिएको छ ।

प्रमुख अतिथि शोभित उप्रेती र सभाध्यक्ष मदनदास श्रेष्ठको हातबाट सम्मान प्राप्त गर्नेहरूमा क्रमशः भी.न.पा.– २ हाल काठमाडौंमा बसोबास गरिरहेका सामाजिक अभियन्ता शंकर जोशी, शिवराम थपलिया, रामचन्द्र कार्की, नाट्य तथा नृत्य कलाकार लक्ष्मी श्रेष्ठ (चरिकोट) र रमेश खतिवडा चरिकोट रहेका छन् ।
फोटो पत्रकार जीवनलामालाई ‘लाईफटाइम फोटो जर्नालिज्म च्छोरोल्पा एचिभमेन्ट २०८२‘ले विशेष सम्मान गरिनुका साथै दोलखा जिल्लाका नेपाली काँग्रेसका पूर्व सभापति रुद्रबहादुर खड्का र समाजसेवी भीमबहादुर बुढाथोकी र दाेलखा लादुक स्थायी घर भएका पूर्व शिक्षक तथा समाजसेवी देवराज शर्मा र राप्रपाका युवा नेता चमन काेइरालालाई धन्यवाद सहित प्रशंसापत्र प्रदान गरिए । साथै समारोहमा उपस्थितिजन मध्ये नारायण पोखरेल र कमला कार्कीलाई मायाको चिनो प्रदान गरिए ।

कार्यक्रममा विशिष््ट अतिथिको रूपमा बागमती प्रदेशका पूर्व मन्त्री दिपेन्द्र श्रेष्ठ, नेपाली काँग्रेस दोलखा जिल्ला शाखाका पूर्व सभापति एवं जिविस सभापति रुद्रबहादुर खड्का, पूर्व रक्षा सचिव देवेन्द्रप्रसाद सिटौला रहेका थिए भने अतिथि जनमा पत्रकार, सिने कलाकार, साहित्यकार डाक्टर लगायतका विशेष व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले सञ्चालन गरेको सो समारोहमा युवा नेता तथा समाजसेवी नवराज खड्काले स्वागत मन्तव्य व्यक्त गरिएकाे उक्त कार्यक्रम समाराेह काठमाडाैंकाे बत्तीसपुतलीस्थित तपस हाेटलकाे सभाकक्षमा भएकाे हाे ।