Headlineबागमती प्रदेश जिल्ला खबरसमाचार

युवा समाजसेवी मनाेज श्रेष्ठद्वारा दाेलखाकाे बालमन्दिर प्रा.वि.मा विशेष सहयाेग प्रदान

दाेलखा माघ १५ – बागमती प्रदेश दाेलखा जिल्ला अन्तर्गत भीमेश्वर नगरपालिका वडा नं. २ स्थित बालमन्दिर प्राथमिक विद्यालयका विद्यार्थी तथा तिनका अभिभावकहरूलाई युवा समाजसेवी मनाेज श्रेष्ठ (चाकुबजी)ले विशेष सहयाेग प्रदान गरेकाे छ ।

दाेलखाकाे स्थानीय विशेष मेला भीम एकादशीकाे अवसरमा समकालीन साथीहरूकाे समूहमा गठित पाठशाला समूह (विगतमा साथीका लागि साथी समूह)का संस्थापक अध्यक्षसमेत रहेका मनाेज श्रेष्ठले दाेलखा नगरभित्र रहेका उक्त विद्यालयका विद्यार्थीहरूलाई पठनपाठनसँग सम्बन्धित सामग्री र तिनै विद्यार्थीका अभिभावकाहरूलाई जनही एक हजारका दरले नगद सहयाेग गरेका हुन् ।

दाेलखामा जन्मी हुर्की उच्च शिक्षाका लागि काठमाडाैं रहँदै कर्मक्षेत्र बनाएका युवा समाजसेवी श्रेष्ठले हरेक वर्षकाे भीम एकादशीकाे विशेष पर्वकाे अवसरमा भीमेश्वर मन्दिरमा साजसज्जा गरी मन्दिर आकर्षक बनाउनका लागि विशेष याेगदान दिंदै आएका छन् । यति मात्र हाेइन उनले स्थानीय विद्यालयहरूमा बेलाबेलामा प्राविधिक सहयाेग पनि प्रदान गर्दै आएका छन् ।

विद्यालय व्यवस्थापन समितिका सदस्य समेत रहेका श्रेष्ठकाे उक्त सहयाेगप्रति प्रसन्नता व्यक्त गर्दै उनीप्रति आभारी रहेकाे जनाउँदै उनकाे कल्याणकारी मनप्रति कृतज्ञता प्रकट गर्दै विद्यालय सञ्चालनमा टेवा पुग्दै आएकाे जानकारी साेही विद्यालयकी शिक्षिका यमुना प्रधान (श्रेष्ठ)ले दिएकी हुन् ।

तस्बिरः यमुना प्रधान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button