Headlineघटना दुर्घटनासमाचार

मण्डनपुर काभ्रेमा विद्यार्थी सवार भ्यान ब्रेक फेल भई दुर्घटना, चालक घाइते

काभ्रे माघ १४ – काभ्रे जिल्लाकाे मण्डनदेउपुर नगरपालिका–९, बितौरी पोखरीस्थित हिगुवापाटी–चन्देनी सडक खण्डमा बा.१ ज ८६७२ नं. को भ्यान ब्रेक फेल भई दुर्घटना भएको छ।

नवप्रतिभा इङ्ग्लिस बोर्डिङ स्कुलको पाँच जना विद्यार्थी सवार भ्यान ब्रेक फेल भएकाे थाहा भएपछि चालकले विद्यार्थी बचाउन स्वयमले जाेखिम माेलेकाे दुर्घटनाकाे अवस्थाले देखाएकाे कुरा घटनास्थलमा उपस्थित स्थानीयले जनाएकाे छ ।

भ्यान दुर्घटनामा मण्डनदेउपुर नगरपालिका–७ निवासी चालक दिपिका ढकाल भ्यानमा च्यापिएर घाइते भएकाे र सशस्त्र प्रहरी बल नेपाल नं.१५ गण हे.क्वा. काभ्रे लगायतको सुरक्षाकर्मिहरुले भ्यानको सिट काटी उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको बताइएकाे छ।

भ्यानमा सवार विद्यार्थीहरू भने सकुशल रहेकाे स्थानीय स्राेतले बताएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button