Headlineअपराध घटनासमाचार
युवतीको हत्या प्रकरणमा बाँकेमा प्रेमी पक्राउ

काठमाडाैं माघ १४ – नेपालकाे पश्चिमी भूभागस्थित बाँके जिल्लाको डुडुवा गाउँपालिका–३ बनकट्टीमा युवतीको हत्या प्रकरणमा प्रेमी पक्राउ परेका छन्।
एक महिना अघि इनारभित्र सडेगलेको अवस्थामा फेला परेकी २१ वर्षीया वसन्ती गोडियाको हत्या सोही गाउँका २५ वर्षीय राकेश वर्माले गरेको खुलेको छ।
प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार राकेशले प्रेम सम्बन्धमा उत्पन्न विवादका कारण धारिलो हतियार प्रयोग गरी हत्या गरेको स्वीकार गरेका छन्। शव पुस १ गते हत्या भएको र माघ १ गते मात्र फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला अदालत बाँकेले राकेशलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि सात दिनको म्याद दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
I got told to try ur999gamedownload and i have not regretted my choice. There are a lot of games and it is easy to download more. Peep it here to see what you think: ur999gamedownload.