करिब २८ लाख बराबर ठगी गरेकाे अभियाेगमा प्रहरीद्वारा तीनजना सार्वजनिक

काठमाडाैं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी नगद ठगी गरेकाे अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
विभिन्न देश पठाइदिने भन्दै २७ लाख ८० हजार ठगी गर्नेहरूमा नुवाकोट शिवपुरी गाउँपालिका–३ का ३८ वर्षीय कृष्णजी थापा, सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–६ का २२ वर्षीय अनिलकुमार साह तथा ललितपुर महानगरपालिका–१६ का ३० वर्षीय विवेक भुजेल रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए अनुसार पक्राउ परेकामध्ये थापाले युएइ पटाउने भन्दै छ लाख ३० हजार, साहले क्यानडा पठाउने भन्दै १८ लाख तथा भुजेलले युएई पठाउने भन्दै तीन लाख ५० हजार लिई सम्पर्कविहीन भएको उजुरीको आधारमा पक्राउ गरिएको उनले बताए ।
प्रहरी उपरीक्षक भट्टले बताए अनुसार पक्राउ परेकाहरूलाई आजै आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।