Headlineघटना दुर्घटनासमाचार

सवारीसाधन एकापसमा ठोक्किएर आगलागी हुँदा राजधानीकाे जमलमा यातायात अस्तव्यस्त

काठमाडाैं – काठमाडौंको जमलक्षेत्रमा आज दिउँसो चार वटा सवारीसाधन एकापसमा ठोक्किँदा गाडीमै ठूलो आगजनी भएको छ।

जमलकाे मुख्य सडकको बीचमै ठाेक्किएकाे सवारीसाधनमा आगो लाग्दा  जमल र दरबारमार्ग क्षेत्रको ट्राफिक व्यवस्था पूर्ण रूपमा अस्तव्यस्त बनेको छ।

घटना हुने बित्तिकै सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमार्फत् पाइएकाे जानकारी अनुसार, तीव्र गतिमा रहेका गाडीहरू ठोक्किएलगत्तै एउटा सवारीमा सल्किएको आगो अन्य दुईमा पनि फैलिएको थियो।

घटनाकाे सूचना पाएलगत्तै दमकल र प्रहरी टोलीले आगो निभाउने प्रयास गरिरहेका छन्। हालसम्म मानवीय क्षतिको आधिकारिक विवरण नआए पनि सवारीसाधनमा ठूलो क्षति पुगेको जनाइएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button