नेकपा दोलखाले काठमाडाैंदेखि स्थानीय तहसम्म चुनावी कमाण्डर तोके

नेपाली कम्युनिष्ट पार्टी दाेलखाले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दोलखा जिल्लास्थित ९ वटै स्थानीय तहमा चुनावी कमाण्डर तोकेको छ।
जेन जी आन्दाेलन पश्चात् अन्तरिम सरकारले ताेकेकाे चुनाव अन्तर्गत हुन लागेकाे चुनावमा नेपाली कम्युनिष्ट पार्टी दाेलखाबाट विशाल खड्का चुनावी मैदानमा उत्रेका छन् ।
खड्काकै विजयका लागि गठन गरिएकाे दाेलखाकाे जिल्लास्तरीय निर्वाचन परिचालन समितिको संयोजकमा भिम दाहाल, सहसंयोजकमा भरत दुलाल र होम पाठक रहेका छन्।
पालिकास्तरमा गौरीशंकरमा देवी खड्का, जिरीमा नविन जिरेल, भीमेश्वरमा घनश्याम रिजाल, वैतेश्वरमा रविचन्द्र आचार्य, तामाकोशीमा अर्जुन योगी, मेलुङमा रविन्द्र कार्की, शैलुङमा भुवन सिंह थापा र विगुमा बुक्तम तामाङलाई संयोजक तोकिएको छ।
शैलुङ गाउँपालिकामा भुवन सिंह थापाको संयोजकत्वमा ५१ सदस्यीय समिति गठन गरिएको छ। सहसंयोजकमा जितकुमार तामाङ, निलाकुमार श्रेष्ठ, नारायण विक्रम कार्की र कृष्ण प्रसाद ढुंगेल रहेका छन्।
यसैगरी, काठमाडौँ लक्षित निर्वाचन परिचालन समन्वय समितिको संयोजकमा रामचन्द्र कार्की तोकिएका छन्।