
द्विविधामा एमाले अध्यक्षकाे अभिव्यक्तिः एकातिर चुनावमा सरिक हुन कार्यकर्तामा आग्रह अर्काेतिर आन्दाेलन गरेर चुनावबाट अलग्गिने मनसाय
काठमाडाैं – फागुन २१ गतेकाे चुनावमा बहुमत ल्याउन साम, दान, दण्डभेद प्रयाेग गरेर भएपनि खटिन नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहित साढे ६ लाखभन्दा बढी कार्यकर्तालाई पत्र पठाएको छ।
शनिबार साँझदेखि एमाले सदस्यको मोबाइलमा पत्र पुगेको बताउँदै एमाले प्रचार विभाग संयोजक मीनबहादुर शाहीले जानकारी दिए अनुसार ६ लाख ६२ हजार ९६१ कार्यकर्ताको सदस्यता नविकरण भएको छ। एमाले निकट सदस्यले यो संगठित पार्टी सदस्य संख्या ११औँ महाधिवेशनसम्म भएपनि यसबीचमा कतिपय संगठित सदस्यले पार्टी छोडेको र कतिपयको मृत्यु भएको बताइएकाे छ ।
कतिपय संगठित सदस्यको मोबाइल नम्बर परिवर्तन भएको र अनलाइन सिस्टममा समस्या आएका कारण पनि सबै सदस्यको मोबाइलमा एकै पटक सन्देश पत्र पुग्न नसकेको एमाले आईटी विभागले जनाएको छ।
एकातिर चुनावमा सरिक हुन कार्यकर्तामा आग्रह अर्काेतिर आन्दाेलन गरेर चुनावबाट अलग्गिने मनसायसहितकाे द्विविधायुक्त एमाले अध्यक्षकाे अभिव्यक्तिकाे कारण बुझ्न कठीन रहेकाे राजनीतिक विश्लेषकहरू बताउँछन् ।