Headlineबिशेषबैंकिङसमाचार

नेपाल एसबिआई बैंक लुटमा संलग्न थप अभियुक्त काठमाडाैंबाट पक्राउ

काठमाडाैं – नेपाल एसबिआई बैंक लुट प्रकरणमा संलग्न रहेको आरोपमा थप एक अभियुक्त पक्राउ परेका छन्।

सिन्धुली घ्याङलेख–२, हायुटारस्थित शाखामा गत पुस २९ गते राति भएको लुटपाटमा संलग्न रहेको आरोपमा ५३ वर्षीय ज्ञानबहादुर ब्लोन तामाङलाई प्रहरीले काठमाडौँको कीर्तिपुरबाट नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार तामाङ त्यही गाउँपालिकाका स्थायी बासिन्दा हुन्। उनलाई थप अनुसन्धानका लागि सिन्धुली पठाइएको छ। यसअघि, बैंक रहेको घरका घरधनी छविलाल स्याङ्तान नै घटनाको योजनाकार भएको खुलासा भइसकेको छ। स्याङ्तानसहित उनका जेठान चतुरमान बज्यु र अन्य पाँच जना अभियुक्तलाई प्रहरीले पहिले नै पक्राउ गरिसकेको छ।

लुटपाटमा संलग्न समूहबाट नगदसहित खुकुरी, नक्कली पेस्तोल, मोबाइल, टेप, नकाब र पञ्जा बरामद गरिएको छ। पुस २९ गते राति साढे ७ बजे, सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर उनीहरूले बैंक लुटपाट गरेको प्रहरीले जनाएको छ।

यस घटनाले ग्रामीण शाखामा सुरक्षा व्यवस्थाको कमजोरी र योजनाबद्ध अपराधको चुनौतीलाई पुनः उजागर गरेको छ। प्रहरी अनुसन्धानले देखाएको जालोले बैंक लुटपाट केवल आकस्मिक घटना नभई, स्थानीय संलग्नता र योजनाबद्ध अपराधको परिणाम भएको पुष्टि गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button