Headlineराजनितिसमाचार

एमाले अध्यक्ष केपी शर्मा ओली झापाकाे निर्वाचन कार्यालय पुगे

एमाले अध्यक्ष केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नं.५ बाट उम्मेदवारी मनाेनयन दर्ता गर्न एमाले अध्यक्ष केपी शर्मा ओली झापाकाे निर्वाचन कार्यालय पुगेका छन् ।

यसै क्षेत्रकाे झापा -५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन शाहले निर्वाचन कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराइसकेका छन् ।

झापा ५ एमाले अध्यक्ष केपी शर्मा ओलीले ६ पटकसम्म निर्वाचन जित्दै आएको क्षेत्र हो । ओलीले दिउँसो १ बजे आफ्नो उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको छ ।

यसै क्षेत्रबाट १६ वटा कम्युनिष्ट घटक नेपाली कम्युनिष्ट पार्टीले अखिल क्रान्तिकारीका युवा नेता रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ । तर राप्रपा, मधेसवादी दल र अन्य दलकाे याे क्षेत्रमा उम्मेदवार मनाेनयनबारे चहलपहल नदेखिनुमा राजनीतिक विश्लेषकहरूले केही दलबीचमा तालमेलकाे शंका गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button