
दाेलखा – बागमती प्रदेश सरकारको पूर्व आर्थिक मामिला तथा योजनामन्त्री हाल बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्लेले पदबाट राजिनामा दिएका छन् ।
विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले धमाधम उम्मेदवार चयन गरिरहँदा प्रदेशसभा सदस्य काफ्लेले राजिनामा दिएका हुन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको मनोनयनको पूर्वसन्ध्यामा पदबाट राजिनामा दिएका हुन् ।
बागमती प्रदेशसभा सदस्यबाट राजिनामा दिनुमा उनी नेपाली काँग्रेसकाे तर्फबाट दोलखाकाे प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्ने तयारी स्वरुप हुनसक्ने प्रबल सम्भावना छ ।
दोलखाको तामाकोशी गाउँपालिका स्थायी घर भएका काफ्ले विद्यार्थीकालीन राजनीतिबाट उदाएर काफ्ले ०७९ को निर्वाचनमा दोलखा क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए । सो निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धनवाट उम्मेदवार बनेका काफ्लेले एमालेका उम्मेदवारलाई ८ हजार ४२ मतले पराजित गरेका थिए ।