
काठमाडाैं – काठमाडाैं महानगरपालिकाका मेयर महानगरपालिकाकाे पदबाट राजीनामा दिए लगत्तै बालेन शाह रास्वपाका सभापति रवि लामिछानेसंग जनकपुर पुगेका छन् ।
अनिर्णित माेडमा रहेका बालेन शाहले आइतबार दिउँसाे काठमाडौं महानगरको मेयरबाट राजीनामा महानगरकी उपप्रमुख सुनिता डंगाेलसमक्ष बुझाएपछि रास्वपाको केन्द्रीय कार्यालय पुगेर बालेन सभापति रविसँगै जनकपुर पुगेका हुन् ।
रवि, बालेनलगायतका नेताहरू जनकपुर पुग्ने खबरले उत्साहित जनसमर्थनहरू स्वागत गर्न विमानस्थलको गेटमा ठूलो भिडका साथ जम्मा भएपछि अनियन्त्रित भीडकाे धकेला धकेल हुँदा विमानस्थलको सिसाको ढोका नै फुटेको स्थानीय स्राेतले जनाएकाे छ ।

रास्वपाले सोमबार जनकपुरधाममा विशेष सभामा सम्बाेधन गर्दै चुनावी अभियानको शुरुवात गर्ने र त्यहाँबाट झापाकाे दमक जाने कार्यक्रमकाे रूपरेखा अनुसार रवि र बालेन जनकपुर पुगेका हुन् । उत्साहित भीडले नयाँ पुस्ताकाे लागि केही हुने अभिलाषा राखेकाे भएपनि नजिक मानिएका कार्यकर्ताहरू भने रवि र बालेनकाे चाकडी गर्न खाेजेकाे हाे कि भन्ने लघुशंका पनि देखिन थालेकाे छ ।