Breaking NewsHeadlineसमाचार
मेयर बालेन शाहले पदबाट राजीनामा दिए

काठमाडाैं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वेच्छा शब्दकाे व्याख्या गर्दै पदबाट राजीनामा दिएका छन्।
मेयर शाहले काठमाडाैं महानगर र महानगरवासीकाे हितका लागि सकेसम्म इमान्दारी भएरै काम गरेकाे र गर्न चाहेकाे तर देशकाे परिस्थितिवश पदबाट अलग हुन चाहेकाे आशय जताउँदै आज दिउँसो पदबाट राजीनामा दिएका हुन्।
मेयर शाहले आजदेखि लागू हुने गरी उपमेयर सुनिता डंगोलसमक्ष राजीनामा दिंदै महानगरकाे आगामी गतिविधि उत्साहमय बनाउन उपमेयरले जिम्मेवारीपूर्ण कार्य हुनेछ भन्ने विश्वासका साथ नेेपालकाे संविधान २०७२, स्थानीय सरकार सञ्चालन २०७४ काे एेन तथा काठामाडाैं महानगरपालिकाकाे प्रचलित कानुनु व्यवस्था बमाेजिम स्वेच्छाले राजीनामा दिएकाे उल्लेख छ ।
बालेनको राजीनामासँगै उपमेयर सुनीता डंगोल कार्यवाहक मेयर भएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?