
काठमाडाैं – नेपाली काँग्रेसका २ समूह बीचकाे लडाइँमा निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई मान्यता दिएपछि संस्थापन पक्ष मानिएका शेरबहादुर देउवा पक्षले अहिले बैठक गर्दैछन् ।
यता देउवा पक्षधरले बैठकमा संस्थापन पक्षका केन्द्रीय कार्यसमितिका पूर्व पदाधिकारी, सदस्य, एवं सातवटै प्रदेश कार्यसमितिका सभापतिलाई अनिवार्य उपस्थिति हुन अनुरोध गरिएको बताइएकाे छ ।
कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दै आफूहरूले मान्यता नपााए देशैभर आन्दोलन गर्ने भन्दै आयोगलाई धम्कीपूर्ण भाषा प्रयाेग गर्दै देउवा जाेगाउन कमर कसेका थिए । पत्रकार सम्मेलनमा बाेलिएकाे खड्काको उक्त धम्कीको चाैतर्फी आलोचना भइरहेको छ ।
गगन थापा समूहले पार्टीको विधानअनुसार डाकेको विशेष महाधिवेशनबाट नेतृत्व चयन गरेको हो । दुई दिनका लागि भन्दै पुस २७ गते र २८ गतेका लागि डाकिएको विशेष महाधिवेशन गगन र विश्वप्रकाश शर्माले सहमतिमै जानुपर्छ भन्दै स्वयं तत्कालीन सभापति शेरबहादुर देउवालाई नै प्रमुख अतिथि बनाउन जोड गरेका थिए ।
देउवाकाे अन्याेल र अनिर्णित व्यवाहारका कारण सहमतिकै नाममा दुई दिनका लागि डाकिएको महाधिवेशन चार दिनसम्म लब्बिएकोमा दुबै पक्षका शुभचिन्तकहरूमा शंका-उपशंका उत्पन्न भएकाे थियाे ।
तर अन्तिम समयमा सहमति गर्नुको सट्टा तत्कालीन नेतृत्वले पुस ३० गते दिउँसो गगन, विश्वप्रकाश र फर्मुल्ला मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशन गरेपछि काँग्रेसमा झनै मतभेद थपियाे र निर्वाचन आयोगकाे निर्णय कुर्नु परेकाे हाे ।
निर्वाचन आयोगले आफूहरूलाई मान्यता दिएपछि नव निर्वाचित सभापति गगन थापाले सबैजना एकताबद्ध भएर अघि बढ्न अपील गरेका छन् ।