Headlineबिशेषसमाचारसमाज

थापाथली सरोकार मञ्च काठमाडाैंकाे माघे संक्रान्ति पर्व विशेष कार्यक्रम सम्पन्न

काठमाडाैं – थापाथली सरोकार मञ्चले काठमाडौंको बिजुलीबजारस्थित क्रिष्टल पार्टी प्यालेसमा शुभकामना आदान–प्रदान तथा जलपानसहितकाे राजनीतिक छलफल कार्यक्रम सम्पन्न गरेको छ।

माघे सङ्क्रान्तिको अवसरमा भएकाे साे अवसरमा थापाथली तथा काठमाडौं क्षेत्र नं. १ अन्तर्गत बानेश्वर क्षेत्रका सामाजिक अगुवा, बुद्धिजीवी, विभिन्न पेशामा आवद्ध व्यक्तित्व, युवा तथा स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो।

विनोद दुवाडीको सभापतित्वमा सम्पन्न भएको साे कार्यक्रममा पूर्व बागमती प्रदेश सभामुख भुवन पाठक प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा वक्ताहरूले आगामी निर्वाचनलाई लक्षित गर्दै काठमाडौं क्षेत्र नं. १ बाट स्थानीय उम्मेदवारको आवश्यकता औँल्याउँदै नागरिक सरोकारमा प्रत्यक्ष संलग्न हुने नेतृत्वलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा वरिष्ठ समाजसेवी तथा गीतकार शोभित उप्रेती, पूर्व प्रशासक देवेन्द्र प्रसाद सिटौला, पूर्व प्रहरी रमेश खरेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, राजनीतिज्ञ सुरेन्द्र केसी, “काठमाडौं क्षेत्र नं. १ एकता समाज” का अध्यक्ष चमन कोइरालालगायतको उपस्थिति रहेको थियो।

वरिष्ठ कलाकार जेष्ठ नागरिक महासंघका पूर्व अध्यक्ष एवं समाजसेवी मदनदास श्रेष्ठले गर्नुभएको साे विशेष कार्यक्रमकाे अन्त्यमा आयोजक थापाथली सरोकार मञ्चले सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सामाजिक तथा सरोकारमुखी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button