Headlineघटना दुर्घटनासमाचार

दाेलखाकाे भीमेश्वर नगरपालिका–९ क्षेत्रमा ईभी भ्यान दुर्घटना ३ जना घाइते

दाेलखा – काठमाडाैंबाट चरिकाेट आउँदै गरेकाे विद्युतीय भ्यान लामोसाँघु–जिरी सडक खण्ड अन्तर्गत दोलखाको खरिढुङ्गा नजिकै दुर्घटना हुँदा तीन जना यात्रु घाइते भएका छन् ।

बागमती प्रदेश ०६–००१ ज ०२८८ नम्बरको ईभी भ्यान भीमेश्वर नगरपालिका–९ आहालडाँडामा सडकबाट चिप्लिएर दुर्घटना हुँदा तीन जना यात्रु घाइते भएको भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी श्रीराम तिमल्सिनाका अनुसार अत्यधिक चिसोका कारण सडकमा जमेको तुसारोले गर्दा सवारी साधन अनियन्त्रित भई दुर्घटना भएकाे हाे ।

दुर्घटनामा परी भीमेश्वर नगरपालिका–६ का ६२ वर्षीय हरिबहादुर ठकुरी, उनकी ६१ वर्षीया श्रीमती निर्मला ठकुरी र रामेछापको गोकुलगंगा गाउँपालिका–२ निवासी ४५ वर्षीया रेखा नेपाली घाइते भएका छन् । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि चरिकोट पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले दुर्घटनामा संलग्न भ्यान चालक रामेछापको मन्थली नगरपालिका–१२ गेलु घर भएका २७ वर्षीय रवीन्द्र बुढाथोकीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको र चालकसहित ६ जना सवार रहेको उक्त भ्यानका अन्य यात्रु भने सुरक्षित रहेकाे बताइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button