Headlineघटना दुर्घटनासमाचार

सल्यानका २ विक परिवार भारतकाे आगलागीमा परेर दुःखद अवसान

काठमाडाैं – कर्णाली प्रदेश सल्यान जिल्ला सिद्ध कुमाख गाँउपालिका २, टाकुराका दुई विक परिवारका ९ जना नेपालीसहित १० जनाकाे भारतको हिमाचल प्रदेश राज्यको सोलन जिल्लामा भएको आगलागीमा दुःखद निधन भएको छ । 

भारतकाे सोलन जिल्लाअन्तर्गत नगर पञ्चायत अर्कीको वार्ड नम्बर–६ मा उक्त दुर्घटना भएको हो । आगलागीमा पाँचवटा भवन र आठवटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन् । उक्त घटनामा एक नेपाली महिला घाइते भएकी छन् भने १८ नेपाली ज्यान जोगाउन सफल भएका छन् । 

उक्त अप्रिय घटनामा ज्यान गुमाउनेमा सल्यानका ३३ वर्षका धनबहादुर विक, उनकी ३० वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा विक, ११ वर्षीया छोरी रेणुका विक र २२ महिनाका छोरा रेन्जन विक रहेका छन् भने ४२ वर्षका काशीराम विक, उनकी ३० वर्षकी श्रीमती टीका विक, ८ वर्षीया छोरी अनु विक र ६ वर्षीय छोरा सञ्जयको पनि निधन भएको छ । 

२७ जना नेपालीहरु बस्दै आएकाे काठकाे घरमा सबैभन्दा पहिले एउटा पाँचतले भवनको माथिल्लो तलाबाट आगलागी सुरु भएको बताइएकाे छ । प्रारम्भिक अनुसन्धानमा राति जाडोका कारण उनीहरूले गुँइठा बालेर कोठाभित्र राखेको र त्यहीबाट आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको छ । 

सूचना पाएलगत्तै बिहान करिब साढे ४ बजे अग्निशमन विभागका चार टोली घटनास्थलमा पुगेका थिए। फायर स्टेसनसँगै बनलगी, बालुगन्ज (शिमला) र अम्बुजाबाट आएका दमकल गाडी, एनडीआरएफ, प्रशासनिक टोली तथा स्थानीयवासीहरूको सहयोगमा करिब नौ घण्टापछि दिउँसो डेढ बजे आगो नियन्त्रणमा लिइएको स्थानीय समाचार स्राेतले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button